सिड्नीमा नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन सरकारले दियो १० लाख डलर अनुदान « Khabarhub

सिड्नीमा नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन सरकारले दियो १० लाख डलर अनुदान


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाको सिड्नीमा नेपाली सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माणाका लागि अष्ट्रेलियन सरकारले १० लाख डलर अनुदान दिने भएको छ ।

अष्ट्रेलियाको संघीय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघीय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक केन्द्रका लागि १० लाख डलर अनुदान उपलब्ध गराउने घोषणा गरेका थिए ।

घोषित अनुदान प्राप्त गर्न आवश्यक तयारी र समन्वय गर्ने कार्य सिड्नीस्थित नेपलिज अष्ट्रेलियन एशोसियसनले गर्दै आएको छ । हालै एशोसियसनले जुममार्फत पत्रकार सम्मेलन गरि पछिल्लो प्रगतीबारे जानकारी गराएको हो ।

एशोसियसनले जारी गरेको विज्ञप्ति अनुसार यसअघि सामुदायिक केन्द्रको विस्तृत संभाव्यता अध्ययन रिपोर्ट संघीय सरकारको इन्फास्टक्चर, ट्रान्सपोर्ट, सिटिज र रिजनल डेभलपमेन्ट विभागमा बुझाइ सकिएको छ । रिपोर्ट प्रस्ताव अनुसार सामुदायिक केन्द्र निमार्णका लागि १२ लाख ५० हजार डलर खर्च हुने अनुमान गरिएको छ । जसमा १० लाख जग्गा र भवन खरिदका लागि खर्च हुनेछ भने बाकी रकम प्रशासनिक तथा मर्मत संभारमा खर्च हुने उल्लेख छ । थप ५० हजार डलर चाहि भइपरी आउने क्रियाकलापमा खर्च गरिने बताइएको छ ।

अनुदान स्विकृत हुनका लागि सरकारले दिने पैसाले जागिर सिर्जना गरी आर्थिक गतिविधी चलायमान हुनपर्ने सर्त अनिवार्य गरिएको छ । सरकारले दिएको पैसाले जग्गा मात्रै खरिद गर्दा स्थानिय स्तरमा जागिरको सृजना नहुने भएकाले विभागको सल्लाह बमोजिम थप तीन लाख डलर समुदायस्तरबाट संकलन गरि त्यसबाट रोजगारीजन्य आर्थिक कृयाकलाप गर्ने गरि यस अघिको रिपोर्टलाई परिमार्जन गरिएको छ ।

संघीय सरकारले दिने १० लाख डलर बाहेक अन्य ३ लाख डलर चाहि समुदायबाट चन्दा संकलन गरिने एशोसियसनले तयारी थालेको छ । चन्दा संकलनका लागि १५१ सदस्यी सामुदायिक केन्द्र डेलिभरी एम्बास्डर समुह गठन भएको छ ।

विभागको अपेक्षा अनुसार फेब्रवरी महिनाभित्र ३ लाख डलर चन्दा संकलन गरिसक्नुपर्ने एशोसियसनले जनाएको छ । समयमै चन्दा संकलन भएर मापदण्ड पुरा भएमा सन् २०२१ को जुनभित्र अनुदान रकम नेपाली समुदायले पाउनेछ । त्यस्तै सन् २०२२ को मार्चभित्र भवन खरिद गरि मर्मत संभार गरेर सामुदायिक केन्द्र तयार हुने बताइएको छ ।

नेपाली समुदायको पहिलो बृहद सामुदायिक केन्द्र निमार्णमा सहयोग गर्न एशोसियसनले सबै नेपालीलाई अपिल गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ३७ बजे

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता