संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनवाइ बिनै शपथ ! « Khabarhub

संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनवाइ बिनै शपथ !


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक आयोगहरूमा सिफारिस गरिएका पदाधिकारीको सुनवाइ बिनै शपथ हुने भएको छ ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी गरिएको हो ।

गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै मंगलबार मात्र सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका थिए। सो रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने गरी शीतलनिवासले तयारी गरेको छ ।

अख्तियारको आयुक्तमा सिफारिस भएका पूर्वएआइजी जयबहादुर चन्दले बुधबार बिहानका लागि शपथको तयारी भएको पुष्टि गरे ।

संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको शपथ बुधबार बिहान ९ बजेलाई तय भएको छ ।

प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसै दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो।

परिषद्का अध्यक्ष केपी ओली र सदस्य चोलेन्द्रशमशेर राणाले भागबन्डाका आधारमा ३८ जनाको नियुक्ति गरेका थिए। ६ जना हुने परिषद् बैठकमा ओली, जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए। ऐनमा अध्यक्ष र चार सदस्य बैठकमा उपस्थित भए मात्र बैठक बस्न सक्ने उल्लेख थियो।

६ जना हुने परिषद् बैठकमा ओली, जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए। ऐनमा अध्यक्ष र चार सदस्य बैठकमा उपस्थित भए मात्र बैठक बस्न सक्ने उल्लेख थियो। तर, ३० मंसिरमा अध्यादेशको आधारमा ऐन संशोधन गरेर त्यही साँझ ३८ पदमा नियुक्ति गरिएको थियो। अध्यादेशविरुद्ध १ पुसमा नै सर्वाेच्च अदालतमा रिट परे पनि ५० दिनसम्म पनि सुनुवाइ सुरु हुन सकेको छैन।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ५५ बजे

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९