संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल   « Khabarhub

संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल  


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले खबरहबलाई जानकारी दिए ।

‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको पत्रकार सम्मेलनमा सार्वजनिक हुन्छ, यी नियुक्ति तुरून्त फिर्ता नलिए  हामीले एक दिन दबाब दिएका हौँ त्यसबाट ब्याक नभए हामी थप कार्यक्रम ल्याउँछौँ,’ मण्डलले भने ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने उनले जनाए ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : ५२ बजे

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी