ब्राउनसुगरसहित चार जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित चार जना पक्राउ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

झापाको दक्षिणी सिमावर्ती क्षेत्र झापा गाउँपालिका र दमक नगरपालिकाबाट दुईदुई जना पक्राउ परेका हुन् ।

झापा गाउँपालिका वडा- ४ मसानघाटबाट पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो ठाउँबाट भारतको किसनगञ्ज सत्कैवा ग्रामपञ्चायत, हल्दावना वडा नं. ८ का ३० वर्षीय मोहम्मद आलम र सोही ठाउँका २८ वर्षीय मदिउर रहमान पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट लिसाईलो बनाईएको ८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र ९ हजार १ सय ७० भारतीय रुपैयाँसहित मोवाईलसमेत बरामद भएको छ ।

यस्तै दमक नगरपालिका वडा नं. ९ बुद्धटोल का २० वर्षीय अजय राईको कोठामा खनतलासी गर्दा ब्राउन सुगर २ ग्राम, डिजिटल तराजु, नगद  ७ हजार रुपैयाँ तथा मोबाईल २ थान २ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रहरीले राई र उनीसँगै वस्ने २५ वर्षीय बिकल बिशुङखेलाई समेत पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ०५ बजे

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर