सरकार जंगलराज, गुन्डाराज र फासिवादी बाटोमा : प्रवक्ता श्रेष्ठ « Khabarhub

सरकार जंगलराज, गुन्डाराज र फासिवादी बाटोमा : प्रवक्ता श्रेष्ठ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (प्रचण्ड—माधव) समूहका नेता तथा आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठले वर्तमान सरकार जंगलराज, गुन्डाराज र फासिवादतर्फअघि बढेको आरोप लगाएका छन् ।

उनले सरकारले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धि उल्टाउने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप पनि लगाएका छन् ।

सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिको विरोधमा बिहीबार आयोजना हुने आमहड्तालबारे जाननकारी दिन बुधबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले उक्त आरोप लगाएका हुन् ।

उनले संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेर सरकारले जोरजबरजस्ती र निरंकुशतन्त्रको पराकाष्ठा नाघेको आरोप लगाए । उनले भने, ‘सरकारले फासिवाद लाद्ने र गुन्डाराज लाद्ने नाङ्गो काम गरेको छ ।’

उनका अनुसार सरकारले संवैधानिक निकायहरुका गरेको असंवैधानिक नियुक्तिको विरुद्ध बाध्यात्मक आमहड्ताल गर्नु परेको हो ।

पत्रकारले सोधेको एक प्रश्नको जवाफमा श्रेष्ठले आफ्नो पार्टीले बिहीबार आयोजना गर्ने आमहड्ताल र शुक्रबार सरकारले गर्ने सभाबीच कुन साइनो नरहेको बतनाए । उनका अनुसार आमहड्ताल शान्तिपूर्ण हुनेछ । अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ५२ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर