सरकार जंगलराज, गुन्डाराज र फासिवादी बाटोमा : प्रवक्ता श्रेष्ठ « Khabarhub

सरकार जंगलराज, गुन्डाराज र फासिवादी बाटोमा : प्रवक्ता श्रेष्ठ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (प्रचण्ड—माधव) समूहका नेता तथा आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठले वर्तमान सरकार जंगलराज, गुन्डाराज र फासिवादतर्फअघि बढेको आरोप लगाएका छन् ।

उनले सरकारले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धि उल्टाउने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप पनि लगाएका छन् ।

सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिको विरोधमा बिहीबार आयोजना हुने आमहड्तालबारे जाननकारी दिन बुधबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले उक्त आरोप लगाएका हुन् ।

उनले संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेर सरकारले जोरजबरजस्ती र निरंकुशतन्त्रको पराकाष्ठा नाघेको आरोप लगाए । उनले भने, ‘सरकारले फासिवाद लाद्ने र गुन्डाराज लाद्ने नाङ्गो काम गरेको छ ।’

उनका अनुसार सरकारले संवैधानिक निकायहरुका गरेको असंवैधानिक नियुक्तिको विरुद्ध बाध्यात्मक आमहड्ताल गर्नु परेको हो ।

पत्रकारले सोधेको एक प्रश्नको जवाफमा श्रेष्ठले आफ्नो पार्टीले बिहीबार आयोजना गर्ने आमहड्ताल र शुक्रबार सरकारले गर्ने सभाबीच कुन साइनो नरहेको बतनाए । उनका अनुसार आमहड्ताल शान्तिपूर्ण हुनेछ । अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ५२ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने