अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा « Khabarhub

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।

जोशीले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। जोशीले राजीनामा दिएसँगै अख्तियारमा अब एक पद रिक्त भएको छ।

२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए। त्यतिबेला जोशी अख्तियारमा आयुक्त थिए।

बुधबार बिहान नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तमा सिफारिस भएका जयबहादुर चन्द र कुमार सिलवालले पद तथा गोपनियताको सपथ लिइसकेका छन्।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : ३५ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ