सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ : प्रवक्ता शर्मा | Khabarhub Khabarhub

सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ : प्रवक्ता शर्मा


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस सरकार विरुद्धको संघर्ष थप सशक्त गर्ने भएको छ ।

संवैधानिक निकायमा भएको नियुक्ति र शपथले सरकार ‘सर्वसत्ताउन्मुख’ भएको ठहर गर्दै कांग्रेसले संघर्षका कार्यक्रम थप सशक्त बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी’ शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको शर्माले उल्लेख गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको शपथग्रहणप्रति कांग्रेसको विरोध रहेको उनले बताएका छन्।

गएको मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस अनुसार बुधबार विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जना पदाधिकारीले शपथ लिएका थिए। संसदीय सुनुवाइ नै नगरी सिफारिस गरेको ४५ दिन पुगेको आधार बनाई शपथ गराइएको थियो।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : १२ बजे

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)

कैलाली– कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न

कुलमान एक्सन : सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको