१० हजार भूमिहिनलाई धनीपुर्जा वितरण गरिने | Khabarhub Khabarhub

१० हजार भूमिहिनलाई धनीपुर्जा वितरण गरिने


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कन्काईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताए ।

नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताए ।

हाल कन्काईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेल बताउँछन् ।

नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।

प्रदेश- १ को कन्काई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरी धनीपुर्जा वितरणको अन्तिम तयारीमा नगरपालिका जुटिरहेको बताइएको छ ।

आफूसँग जमीन भए पनि धनीपुर्जा नभएका कारण सिँचाइका लागि मिटरबक्स जडान गर्ने कार्यमा समस्या आएको साथै बैंकिङ प्रयोजनका लागिसमेत धनीपुर्जा नहुँदा दुःख पाएको गुनासो सुनाउँदै कनकाई–७ की स्थानीयवासी तारा काफ्ले तथा छोरा मोहन काफ्लेले स्थानीय सरकारले देखाएको सक्रियताप्रति खुशी व्यक्त गरे ।

वर्षौदेखि जमीन जोतभोग गरिरहेको भए पनि धनीपुर्जा नहुँदाको अवस्थामा भोगेको पीडा सुनाउँदै काफ्लेले ढिलै भए पनि अब घर–घरमा सिंहदरबार आए झैं महसुस हुन थालेको बताए ।

बसोबास भएको जमीनको धनीपुर्जा नहुँदा जे–जति समस्या झेल्नु परे पनि भावी पुस्ताका लागि अब सहज हुने आशा पलाएको स्थानीयवासी बताउँछन् ।

जतिसक्दो चाँडो स्थानीयवासीलाई धनीपुर्जा वितरण गर्ने कार्यमा जनप्रतिनिधिका तर्फबाट आफूहरु लागेको बताउँदै स्थानीय सरकार प्रमुख पोखरेलले यो ऐतिहासिक कार्यका लागि सम्बन्धित सबैसँग धैर्यताका साथ एकजुट हुन आग्रह गरे ।

कन्काई नगर क्षेत्रमा वषौंदेखि जोतभोग भइरहेका जमीनको धनीपुर्जा वितरणका लागि यसअघि पनि विभिन्न चरणमा आएका भूमिसम्बन्धी समस्या समाधान आयोगले धनीपुर्जा वितरणको काम गर्न नसक्दा स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।

यसपटक पनि वर्तमान अवस्थामा देशको राजनीतिमा देखिएको विचलनका कारण धनीपुर्जा वितरणमा समस्या त आउँदैन भन्ने जिज्ञासामा स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले अब कनकाई नगर क्षेत्रमा धनीपुर्जा वितरणको काममा राष्ट्रिय राजनीतिले कुनै असर नपार्ने बताए ।

आवश्यक प्रक्रिया पूरा गरी स्थानीय सरकारका तर्फबाट सम्बन्धित व्यक्ति तथा परिवारलाई बसोबास र जोतभोगका आधारमा जग्गाधनी दर्ता पूर्जा वितरण गरेरै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरवासीलाई सकारात्मक सोचका साथ ढुक्क रहन अनुरोध गरे ।

बसोबासका लागि बढीमा एक कठ्ठा र कृषियोग्य जमीनका लागि पाँच कठ्ठा १८ धुर जमीन जोतभोगका आधारमा कनकाईवासीले निःशुल्क पाउने र बढीमा डेढ बिघासम्म जमीन केही सीमित शुल्क लिएर धनीपुर्जा वितरण गरिने तयारी रहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : ०२ बजे

परराष्ट्रमन्त्री भन्छिन्- विदेशमा नेपालीको समस्या बढ्दा हाम्रो काम ‘रेस्क्यु’ गर्ने मात्रै भयो

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

काठमाडौं– नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र

शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष

प्रचण्डले भने- जनताले पाएका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो

कैलाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं– ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले