प्रधानमन्त्री ओलीले ‘जे मन लाग्यो त्यही, गर्नै नहुने’ काम गर्न थाले : अध्यक्ष दाहाल (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीले ‘जे मन लाग्यो त्यही, गर्नै नहुने’ काम गर्न थाले : अध्यक्ष दाहाल (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ‘जे मन लाग्यो त्यही र गर्नै नहुने काम मात्रै गर्न थालेको आरोप लगाएका छन् ।

बुधबार बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै नहुने काम गर्न थालेको आरोप लगाएका हुन ।

उनले आज भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण गर्नै नहुने काम भएको बताए ।

‘अहिले सरकारले जे मन लाग्यो त्यही गर्न थालेको छ । बरु पहिले हामी बिधी, पद्धति, दर्शनमा थियौं । तर, हामीलाई केही मान्छेले जंगली भन्थे । हामी जंगली त थिएनौं । जनताको काखमा थियौं । अहिले केपी ओलीको सरकार चाहीँ जंगली भयो,’ प्रचण्डले भने, ‘न संविधान मान्छ । न विधिपद्धति मान्छ । सबै तोडेर असंवैधानिक रूपमा संवैधानिक परिषद्को शथपग्रहण गराए । गर्नै नहुने काम गरे ।’

हेरौँ भिडियो

सम्बोधनकै क्रममा उनले पूर्व जनमुक्ति सेनाहरुलाई हरेक पार्टी कमिटीमा स्थापित गर्न नसक्नु कमजोरी भएको बताए । उनले जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने प्रतिवद्धता पनि जनाए ।

उहाले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको आरोप लगाए । ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको उनले आरोप लगाए ।

हिजो बहिर्गमित जनमुक्ति सेना र उनीहरुको परिवारलाई वृद्धि विकास गरौँ भन्दा लाठीचार्ज र प्रचण्डको चेलाचपेटा भन्दै बेवास्ता गर्ने ओलीले अहिले पार्टी फुटेपछि चाहिँ तिनै बहिर्गमित जनमुक्ति सेना खोज्न थालेको प्रचण्डले आरोप लगाए ।

उनले ओलीले अहिले आफूलाई समेत जोडेर ‘कालीबहादुर खाम कहाँ छन्, प्रचण्डले हेरेको छ ?’ भनेर भन्ने गरेको सुनेको भन्दै ‘के केपीले हेर्छन् जस्तो लाग्छ ?’ भनेर प्रश्न समेत गरेका थिए ।

उनले आफूहरु प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले बताए । प्रधानमन्त्रीको कदमलाई प्ररास्त गर्ने र मुलुकलाई सही ट्रयाकमा ल्याउने उनले दाबी गरे ।

उनले ओली नेतृत्वको सरकारलाई १० महिनामै पराजित गर्ने समेत बताए। उनले त्यसपछि पूर्व जनमुक्ति सेनालाई सम्मान र पुरस्कृत गर्ने बताए। उनले बहिर्गमित जनमुक्ति सेनाको एउटै कमिटी बनाउन आग्रह समेत गरे।

‘मैले हिम्मत हारेको छैन । पहिला त हामीले १० वर्ष लडेका हौँ । तर अहिले पर्दैन, १० महिना पनि पर्दैन । हामीले जित्छौँ र जित्नैपर्छ, आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गर्दछु,’ उनले भने ।

कार्यक्रममा पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरुले आफ्नो समस्याका बारेमा अध्यक्ष दाहाललाई अवगत गराएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ०४ बजे

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका