आत्मालोचना गरी पार्टीमा फर्कन ‘दाहाल-नेपाल’ समूहलाई गृहमन्त्रीको आग्रह (भिडियोसहित) « Khabarhub

आत्मालोचना गरी पार्टीमा फर्कन ‘दाहाल-नेपाल’ समूहलाई गृहमन्त्रीको आग्रह (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन ।

बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ भेलालाई सम्बोधन गर्दै उनले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन ।

हेरौँ भिडियो

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको समेत दाबी गरे ।

उनले आफुहरु नै आधिकारिक नेकपा भएको भन्दै नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिए । गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अब पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : १९ बजे

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा