आमहड्ताल फिर्ता गर्न ‘दाहाल-नेपाल’ समूहलाई पूर्व डीआईजी खरेलको आग्रह (भिडियोसहित) « Khabarhub

आमहड्ताल फिर्ता गर्न ‘दाहाल-नेपाल’ समूहलाई पूर्व डीआईजी खरेलको आग्रह (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुशासन अभियानका अभियान्ता रमेश खरेलले बिहीबार हुने भनिएको नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल फिर्ता गर्न आग्रह गरेका छन्।

सुशासन नेपाल अभियानको पेसबुक पेजमा भिडियो सार्वजनिक गर्दै आमहड्ताल फिर्ता गर्न आग्रह गरेका हुन ।

उनले महात्मा गान्धीको भनाइ स्मरण गर्दै भनेका छन, ‘अरुको अधिकार हनन नगर्नुस्,  अरुले गरेक असंवैधानिक कदमको तपाइँहरु पनि असंवैधानिक तवरले प्रतिकार नगर्नुस् ।’

हेरौँ भिडियो

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन पनि असंवैधानिक कदम भएको बताए।

‘प्रधानमन्त्रीको असंवैधानिक कदमको नेपाल सुशासन अभियान विरोध गर्दछ’, उनले भने।

प्रधानमन्त्रीको कदम असंवैधानिक भए पनि आफूहरुले शान्तिपूर्ण विरोध गरेको जनाउँदै प्रचण्ड–नेपाल समूहलाई पनि शान्तिपूर्ण आन्दोलन गर्न उनले आग्रह गरेका छन।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ०५ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन