कांग्रेसले बोलायो संसदीय दलको बैठक « Khabarhub

कांग्रेसले बोलायो संसदीय दलको बैठक


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक यही फागुन २१ गते  अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ  । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बैठकमा अनिवार्य उपस्थित हुनको लागि सांसदहरुलाई सर्कुलर गरिएको पनि उनले बताइन् ।  संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभामा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा शुक्रबार छलफल हुने भुसालको भनाइ छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।  ६३ भए पनि पार्टी उपसभापति विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बनमा छन् ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो ।

सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा