बारेकोटमा भेटिए ८८ प्रजातिका चरा | Khabarhub Khabarhub

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ ।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटासन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा) मा सूचीकृत कालो चिल र कालिज, काकाकुल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिए ।

कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट सो तथ्य पत्ता लागेको हो ।

रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा रेड पाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ, केसी, चितवन बर्ड सोसाइटीका अध्यक्ष रमेश चौधरी, शिक्षक कालीबहादुर थापा, सामुदायिक वनका वनरक्षकसहितको टोलीले वडा नं १ का कोल्ली खोला, रामीडाँडा, आग्रखोला, नीलापारा, ध्यापा टाकुर, वडा नं २ को लिम्सा जङ्गल, वडा नं ४ का मैना, जम्काखोला, कलेबारी, मारेपानी, जङ्गल तल्कोट, रतनकोट, पाखा, धाउखानीलगायत जङ्गलमा अध्ययन गरिएको थियो ।

रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरङ्गी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले जानकारी दिए । मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरिका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको केसीले बताए ।

विद्यालयलाई कम्प्युटर सहयोग

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३ विद्यालयमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । कम्प्युटर सञ्चालनका लागि १२ विद्यालयलाई सौर्य ऊर्जा उपकरण पनि वितरण गरिएको छ । माध्यमिकस्तरका विद्यालयमा इन्टरनेट सेवासमेत उपलब्ध गराइएको छ ।

प्राविधिकदेखि इञ्जिनियरिङ पढाइँदै

निम्न तथा आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित १०० विद्यार्थीलाई विद्यालयको सिफारिशका आधारमा रु १० हजार छात्रवृत्ति उपलब्ध गराएको छ । त्यस्तै प्राविधिक विषय पढ्ने १३ विद्यार्थीलाई रु ४५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ ।

गाउँपालिकाबाट इञ्जिनीयर उत्पादन गर्नका लागि चार जनालाई रु एक लाखका दरले अनुदान सहयोग गरिएको छ । त्यस्तै निजामती कर्मचारी उत्पादनका लागि ३० जनालाई रु ३० हजारका दरले अनुदान उपलब्ध गराएर लोकसेवा आयोगको परीक्षाको तयारीमा पठाइएको अध्यक्ष शाहीले जानकारी दिए ।

गाउँपालिकाभित्रबाट सवारी चालक बन्न चाहेका तर रकम नहुँदा तालीम लिनबाट वञ्चित निम्न वर्गका १३ युवालाई रु ३४ हजारका दरले रकम उपलब्ध गराएर तालीममा पठाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ५० बजे

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म

दाँतमा हुनसक्छ वंशाणुगत समस्या : कसरी हेरचाह गर्ने ?

काठमाडौं – दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सुरु

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा