नेपालमा ओपो एफ १९ प्रो चाँडै सार्वजनिक हुने | Khabarhub Khabarhub

नेपालमा ओपो एफ १९ प्रो चाँडै सार्वजनिक हुने


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो ।

अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ ।

हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : ५७ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै