ताप्लेजुङका आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने « Khabarhub

ताप्लेजुङका आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोभान बजारका आगलागी पीडित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सबै क्षेत्रबाट उपलब्ध राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

मङ्गलबार आगलागी भई क्षति पुगेका घर परिवारलाई आर्थिक सहायता प्रदान गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, दातृ निकाय र व्यक्तिले गाउँपालिका विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले समेत एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँचसम्मको परिवार सङ्ख्या भएकालाई नगद रु १५ हजार र सोभन्दा बढी सङ्ख्या भएका परिवारलाई रु २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

यस्तै गृहमन्त्री रामबहादुर थापाले आगलागी पीडितलाई प्रतिपरिवार रु पाँच लाख दिइने बताएका छन् ।

गृहमन्त्रालयमा आज ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह रु पाँच लाख प्रतिपरिवार दिइने बताए ।

मन्त्री थापाले आगलागी पीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार ८० कम्बल र ५० पाल उपलब्ध गराउने जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : २५ बजे

केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

‘प्रचण्डलाई समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केही

प्रचण्डले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल

कांग्रेसले माग्यो प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसदको संयुक्त बैठकमा