मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एकको र पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो ।

वाइवा छारेरोगका बिरामी रहेको बताइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।

बकैयामा आजै ट्र्याक्टर दुर्घटनामा परी एक बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्र्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका–१७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताए ।

हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना६त ४५३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया–५ को तीनतलेमा दुर्घटना भएको थियो । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ३० बजे

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले