लक्ष्यभन्दा रु ४४ करोड बढी राजस्व सङ्कलन « Khabarhub

लक्ष्यभन्दा रु ४४ करोड बढी राजस्व सङ्कलन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु एक अर्ब ६४ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रु एक अर्ब २० करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु ४३ करोड ८५ लाख राजस्व बढी सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३६ दशमलव २८ प्रतिशत बढी भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए ।

कार्यालयका अनुसार सो अवधिमा आयकरतर्फ रु ४२ करोड १५ लाख लक्ष्य लिएकोमा रु ४९ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै मूल्यअभिवृद्धिकरतर्फ रु ३३ करोड १८ लाख लक्ष्य लिएकोमा सो अवधिमा रु ४९ करोड १७ लाख र अन्तःशुल्कतर्फ रु ३९ करोड लक्ष्य लिएकोमा रु ६२ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षका लागि कूल रु दुई अर्ब २८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा सो अवधिमा ठूलो उपलब्धि हासिल भइसकेकाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न अहिले तथ्याङ्क नियाल्दा कुनै समस्या नरहने प्रमुख बरालको दाबी छ ।

कूल तीन हजार ५०० सेवाग्राही भ्याटमा दर्ता भएको र पान लिनेको सङ्ख्या पनि उल्लेखनीय रहेको जानकारी दिँदै उनले गएको पुसबाट आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा पनि कर तिर्न एवं दाखिला गर्ने व्यवस्था भएपछि अब सेवाग्राहीलाई कुनै समस्या नहुने बताए ।

आन्तरिक राजस्व कार्यालयको कोशी अञ्चलको धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा पनि सेवा कार्यालय भएकाले पहाडी एवं दूर्गम क्षेत्रमा सेवाग्राहीलाई सेवा लिन कुनै समस्या नभएको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय धरानले अब उप्रान्त धरान उपहानगरपालिका र बराह क्षेत्र गाउँपालिकाको वडा नं १ देखि ७ सम्मका सेवाग्राहीलाई मात्र सेवा प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : १६ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको