लक्ष्यभन्दा रु ४४ करोड बढी राजस्व सङ्कलन « Khabarhub

लक्ष्यभन्दा रु ४४ करोड बढी राजस्व सङ्कलन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु एक अर्ब ६४ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रु एक अर्ब २० करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु ४३ करोड ८५ लाख राजस्व बढी सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३६ दशमलव २८ प्रतिशत बढी भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए ।

कार्यालयका अनुसार सो अवधिमा आयकरतर्फ रु ४२ करोड १५ लाख लक्ष्य लिएकोमा रु ४९ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै मूल्यअभिवृद्धिकरतर्फ रु ३३ करोड १८ लाख लक्ष्य लिएकोमा सो अवधिमा रु ४९ करोड १७ लाख र अन्तःशुल्कतर्फ रु ३९ करोड लक्ष्य लिएकोमा रु ६२ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षका लागि कूल रु दुई अर्ब २८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा सो अवधिमा ठूलो उपलब्धि हासिल भइसकेकाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न अहिले तथ्याङ्क नियाल्दा कुनै समस्या नरहने प्रमुख बरालको दाबी छ ।

कूल तीन हजार ५०० सेवाग्राही भ्याटमा दर्ता भएको र पान लिनेको सङ्ख्या पनि उल्लेखनीय रहेको जानकारी दिँदै उनले गएको पुसबाट आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा पनि कर तिर्न एवं दाखिला गर्ने व्यवस्था भएपछि अब सेवाग्राहीलाई कुनै समस्या नहुने बताए ।

आन्तरिक राजस्व कार्यालयको कोशी अञ्चलको धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा पनि सेवा कार्यालय भएकाले पहाडी एवं दूर्गम क्षेत्रमा सेवाग्राहीलाई सेवा लिन कुनै समस्या नभएको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय धरानले अब उप्रान्त धरान उपहानगरपालिका र बराह क्षेत्र गाउँपालिकाको वडा नं १ देखि ७ सम्मका सेवाग्राहीलाई मात्र सेवा प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : १६ बजे

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै