प्रधानमन्त्रीले कानून मिचेर दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिलाएको भन्दै पूर्वउपकुलपतिको आपत्ति « Khabarhub

प्रधानमन्त्रीले कानून मिचेर दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिलाएको भन्दै पूर्वउपकुलपतिको आपत्ति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापास्थित बीएन्डसी मेडिकल कलेजलाई प्रधानमन्त्रीले नै कानूनविपरीत सम्बन्धन दिन निर्देशन दिएको भन्दै पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् ।

विवादित दुर्गा प्रसाईंले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेजलाई ओलीले सम्बन्धन दिन निर्देशन दिनु चिकित्सा शिक्षा ऐनविपरीत भएको आरोप पूर्वउपकुलपतिहरुले लगाएका छन् ।

उपकुलपतिहरूले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले दिएको सुझावका आधारमा बनेको चिकित्सा शिक्षा ऐन विपरीत प्रधानमन्त्री ओलीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको बताएका हुन् ।

विज्ञप्तिमा वर्तमान ऐन र कानूनको मर्यादामा रही त्यसमा आवश्यक सुधार गरी चिकित्सा शिक्षाको सुधार गर्नुको सट्टा राज्यद्वारा नै अराजक व्यवहार गरिएको भनिएको छ ।

‘ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटा भन्दा मेडिकल कलेजलाई एमबिबिएस अध्ययन गराउन नपाउने व्यवस्था छ। उक्त ऐनको उपेक्षा गर्दै काठमाठौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी, एवं गैरजिम्मेवार कार्य गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उपकुलपतिहरूले समय छँदै उक्त गल्ती सुधारेर आफूबाट अपराधपूर्ण कार्य हुनुबाट जोगिएर प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सोही मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गरेका थिए । उनले उद्घाटनका क्रममा काठमाडौं विश्वविद्यालबाट सम्बधन दिने पनि बताएका थिए ।

प्रधानमन्त्रीको दबाबमा विश्वविद्यालयले केही दिनअघि उक्त विवादित कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : २२ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले