प्रधानमन्त्रीले कानून मिचेर दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिलाएको भन्दै पूर्वउपकुलपतिको आपत्ति | Khabarhub Khabarhub

प्रधानमन्त्रीले कानून मिचेर दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिलाएको भन्दै पूर्वउपकुलपतिको आपत्ति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापास्थित बीएन्डसी मेडिकल कलेजलाई प्रधानमन्त्रीले नै कानूनविपरीत सम्बन्धन दिन निर्देशन दिएको भन्दै पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् ।

विवादित दुर्गा प्रसाईंले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेजलाई ओलीले सम्बन्धन दिन निर्देशन दिनु चिकित्सा शिक्षा ऐनविपरीत भएको आरोप पूर्वउपकुलपतिहरुले लगाएका छन् ।

उपकुलपतिहरूले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले दिएको सुझावका आधारमा बनेको चिकित्सा शिक्षा ऐन विपरीत प्रधानमन्त्री ओलीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको बताएका हुन् ।

विज्ञप्तिमा वर्तमान ऐन र कानूनको मर्यादामा रही त्यसमा आवश्यक सुधार गरी चिकित्सा शिक्षाको सुधार गर्नुको सट्टा राज्यद्वारा नै अराजक व्यवहार गरिएको भनिएको छ ।

‘ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटा भन्दा मेडिकल कलेजलाई एमबिबिएस अध्ययन गराउन नपाउने व्यवस्था छ। उक्त ऐनको उपेक्षा गर्दै काठमाठौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी, एवं गैरजिम्मेवार कार्य गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उपकुलपतिहरूले समय छँदै उक्त गल्ती सुधारेर आफूबाट अपराधपूर्ण कार्य हुनुबाट जोगिएर प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सोही मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गरेका थिए । उनले उद्घाटनका क्रममा काठमाडौं विश्वविद्यालबाट सम्बधन दिने पनि बताएका थिए ।

प्रधानमन्त्रीको दबाबमा विश्वविद्यालयले केही दिनअघि उक्त विवादित कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : २२ बजे

सुदूरपश्चिममा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिमस्तरीय राजनीतिक

दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

सियोल– दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूसी

रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार अपरान्ह बस्दै

कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँचजना

‘जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी’

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले जलवायु परिवर्तनको असर स्थानीय