प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने « Khabarhub

प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गरेकोमा खेद व्यक्त गरेको छ ।

लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण मानिने संवैधानिक अंगको स्वतन्त्र, निष्पक्ष र स्वायत्त भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रचण्ड माधव समूहले खेद व्यक्त गरेको हो ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ ।

त्यसका लागि प्रचण्ड–माधव समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउने भएको छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोग सरकारको दबावमा परेको आशंका गरेको छ । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छिटो आधिकारिकताको निरुपण गर्न माग गरेको छ ।

प्रचण्ड–माधव समूहको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषय संसद सचिवालय र निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ३१ बजे

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको