नेपाली सेनाको कर्तव्यबोध भावनाको प्रधानमन्त्रीद्वारा उच्च प्रशंसा | Khabarhub Khabarhub

नेपाली सेनाको कर्तव्यबोध भावनाको प्रधानमन्त्रीद्वारा उच्च प्रशंसा


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गरेका छन् ।

नेपाली सेनाको पृतना समन्वयात्मक तीनदिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै उनले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस आधार निर्माण गर्न बैठक सफल हुने विश्वास व्यक्त गरे ।

रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भने, “बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुनेमा पूर्ण विश्वस्त हुन सकिन्छ ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनका रुपमा विकास गर्ने लक्ष्यप्राप्तिका लागि परिवर्तनलाई संस्थागत गर्दै अघि बढेको बताए ।

उनले भने, “बैठकले विषयगत तथा क्षेत्रगतरुपमा हाल भइरहेका कार्यका बारेमा समीक्षा र आवश्यक सुधार, सुदृढीकरण र दिगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनका लागि दक्ष, व्यावसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए ।

बैठकमा रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै पृतनाका पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी थिए ।

महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले बैठकमा आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

बैठकमा प्राप्त सुझावले आगामी दिनमा सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ३४ बजे

चाडपर्व लक्षित सरकारको तयारी : उपभोग्य वस्तु र यातायातको सहज व्यवस्थापन गरिने

काठमाडौं– सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ

शिक्षासहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा संसदीय समितिका बैठक

यी भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

काठमाडौं – सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार

यूएई सिरिज पाकिस्तानलाई : नवाजको पाँच विकेट, अफगानिस्तान ७५ रनले पराजित

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको उपाधि