निर्णय दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको विरोध | Khabarhub Khabarhub

निर्णय दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको विरोध


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–माधव समूहले प्रतिनिधिसभा विघटनका पक्षमा रहेका पक्ष बाहेक सबैसँग गठबन्धन गर्न बाटो खुला गर्ने भएको छ ।

आज पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई विरोध गर्ने सबैसँग गठबन्धन गर्ने निर्णय गरेको नेता भीमबहादुर रावलले जानकारी दिए ।

बैठकले ती दलसँग सहकार्यका लागि सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ ।

स्थायी कमिटी सदस्य रावलले भने, “हामी पर्याप्त छलफल गरेर मात्र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लान्छौँ, छलफल गरेर नयाँ प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौँ, लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौँ, सरकार नेतृत्वका लागि पनि खुला छौँ ।”

बैठकले पार्टीको आधिकारिकताबारे निर्णय लिन निर्वाचन आयोगले गरेको ढिलाइप्रति खेद प्रकट गर्ने निर्णय गर्नाका साथै पार्टीको आधिकारिकताबारे अहिलेसम्म आयोगले गरेका निर्णय माग गरी पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, स्थायी कमिटी सदस्य प्रभु साह, सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र केन्द्रीय सदस्य सूर्य थापालाई दलको विधानविपरीत काम गरेको भन्दै छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

सो समूहले यसअघि केन्द्रीय सदस्यहरुलाई गराइएको हस्ताक्षर व्यवस्थित नभएको भन्दै सम्बन्धितको नागरिकताको प्रतिलिपि र पार्टी सदस्यताको परिचयपत्रसमेत राखेर तीन ठाउँमा हस्ताक्षर सङ्कलन तयार गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : ०० बजे

नेवार समुदायले मनाए सिथि नखः पर्व

काठमाडौं– जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन आइतबार नेवार समुदायले धुमधामका

देशको आधा जनसंख्यालाई दुई अर्ब : न ओढ्न पुग्छ, न ओछ्याउन !

काठमाडौं– बिहीबार सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ

नारायण चौरबाट पक्राउ परे कमल थापा, झुन्ड्याउँदै लग्यो प्रहरीले

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतबार

नारायण चौरमा प्रहरी-राजावादी धकेलाधकेल, लिङ्देन भन्छन्- बल प्रयोग गरे प्रतिकार हुन्छ

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी छ ।

हार्वर्डमा पढेकी चिनियाँ राष्ट्रपतिकी छोरीलाई अमेरिकाबाट देश निकाला गर्नुपर्ने माग चर्किँदै

काठमाडौं- अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिन्पिङकी छोरी सी मिङजीलाई देश