निर्णय दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको विरोध « Khabarhub

निर्णय दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको विरोध


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–माधव समूहले प्रतिनिधिसभा विघटनका पक्षमा रहेका पक्ष बाहेक सबैसँग गठबन्धन गर्न बाटो खुला गर्ने भएको छ ।

आज पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई विरोध गर्ने सबैसँग गठबन्धन गर्ने निर्णय गरेको नेता भीमबहादुर रावलले जानकारी दिए ।

बैठकले ती दलसँग सहकार्यका लागि सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ ।

स्थायी कमिटी सदस्य रावलले भने, “हामी पर्याप्त छलफल गरेर मात्र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लान्छौँ, छलफल गरेर नयाँ प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौँ, लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौँ, सरकार नेतृत्वका लागि पनि खुला छौँ ।”

बैठकले पार्टीको आधिकारिकताबारे निर्णय लिन निर्वाचन आयोगले गरेको ढिलाइप्रति खेद प्रकट गर्ने निर्णय गर्नाका साथै पार्टीको आधिकारिकताबारे अहिलेसम्म आयोगले गरेका निर्णय माग गरी पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, स्थायी कमिटी सदस्य प्रभु साह, सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र केन्द्रीय सदस्य सूर्य थापालाई दलको विधानविपरीत काम गरेको भन्दै छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

सो समूहले यसअघि केन्द्रीय सदस्यहरुलाई गराइएको हस्ताक्षर व्यवस्थित नभएको भन्दै सम्बन्धितको नागरिकताको प्रतिलिपि र पार्टी सदस्यताको परिचयपत्रसमेत राखेर तीन ठाउँमा हस्ताक्षर सङ्कलन तयार गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : ०० बजे

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल