‘राष्ट्रव्यापी अभियान’ घोषणा गर्न  नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक  बस्दै « Khabarhub

‘राष्ट्रव्यापी अभियान’ घोषणा गर्न  नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक  बस्दै


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायतका ‘राष्ट्रव्यापी अभियान’ घोषणा गरिने नेता योगेश भट्टराईले बताएका छन् ।

नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।

खनाल-नेपाल समूहले नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालिसकेको छ ।

संस्थापन पक्षले वरिष्ठ नेता नेपाल, नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, र भीम रावललाई अनुशासनको कारबाही भन्दै ६ महिनाका लागि निलम्बन गरेपछि एमालेभित्रको विवाद झन् चर्किएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरा नै अवस्थमा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको नेपाल–खनाल पक्षले आरोप लगाउँदै आएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला सुनाएपछि संस्थापन पक्षले फागुन २८ मा बैठक राखेर खनाल-नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको थियो । सोही बैठकले  रामबहादुर थापा बादल लगायतका २३ माओवादी केन्द्रका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि खनाल-नेपाल पक्ष रूष्ट छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : १५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ