भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ | Khabarhub Khabarhub

भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा २४ जनाको नतिजा पोजेटिभ आएको छ ।

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिनुभएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ ।कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ ।

शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५  भारतीय भारततर्फ गएका छन् । सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १५० रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ४५ बजे

बुद्धिस्ट ट्राभल मार्ट २०२५ सुरु, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौं– नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट ट्राभल मार्ट (बीआईटीएम) २०२५

थाइल्याण्डको जेलमा रहेका वकिल अन्तर्राष्ट्रिय अधिकार पुरस्कारबाट सम्मानित

बैंकक– राजतन्त्रको आलोचना गरेको आरोपमा जेल परेका थाइल्यान्डका एक वकिल अन्तर्राष्ट्रिय

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म

आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र

सरकारको कार्ययोजनामा परेन नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रतिस्पर्धी कम्पनी खोल्ने विषय सरकारको