राष्ट्रिय सडक सञ्जाल तीव्र ढंगले अघि बढेको छ- मन्त्री नेम्वाङ « Khabarhub

राष्ट्रिय सडक सञ्जाल तीव्र ढंगले अघि बढेको छ- मन्त्री नेम्वाङ


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको सरकारले सडक निर्माणमा उल्लेख्य गति लिएको बताएका छन् ।

विगतका सरकारले गरेको कामको समीक्षा गर्दा पनि अहिलेको सरकारले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा गति लिएको मन्त्री नेम्वाङले बताए।

मन्त्री नेम्वाङले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको पनि बताए । उनले प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरी सरकारले काम गरिरहेको दाबी गरे ।

मुलुकमा पूर्वाधारको क्षेत्रमा सडक निर्माणको कामले नयाँ चरणको अभियान शुरू भएको पनि मन्त्री नेम्वाङले बताए ।

‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन्’, उनले भने, ‘प्रति दिन साढे ६ किलोमिट बाटोहरु बनेको अवस्था छ । विगतका वर्षमा दर्जनौं पुल बन्न सक्दैनथ्यो । यो सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको जगजाहेर छ।’

उनले ८० राजमार्गलाई तीव्रता दिएपनि अझै पनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको अवस्था भने रहेको स्वीकार गरे ।

अब रणनीतिक सडकमार्फत प्रदेश राजधानी, जिल्ला सदरमुकाम, एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्र तथा एक जिल्लाबाट अर्को जिल्ला सहज रुपमा जोडिने उनले बताए । यस्तै राष्ट्रिय राजमार्गले तथा प्रदेश र स्थानीय तहमातहतको राजमार्गले समेट्न नसकेका कुराहरु रणनीतिक बाटोमार्फत सुरुवात गरिने पनि उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ११ : ४९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १