प्रधानमन्त्रीले भने– मैले कतिपटक राजीनामा दिने ? समर्थन फिर्ता लिए भैगयो नि « Khabarhub

प्रधानमन्त्रीले भने– मैले कतिपटक राजीनामा दिने ? समर्थन फिर्ता लिए भैगयो नि


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देशभरका १ सय ६५ वटा सडक शिलान्याशको कार्यक्रममा आफूले गरेको काम चित्त नबुझे सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।

उनले कांग्रेसले राजीनामा मागेको विषयलाई हल्का रुपमा लिएको संकेत गर्दै राजीनामाका लागि पहिला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने, ‘दिनैपिच्छे राजीनामा माग्नै पर्दैन समर्थन फिर्ता लिइदिए भइगयो नि ।’

सञ्चारमाध्यमले मेलम्चीको पानी काठमाडौँमा आएको नदेखेको तर कांग्रेसले राजीनामा मागेको विषयलाई उछालेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कति दिन दिने हो ? एक दिन एउटा राजीनामा आइहाल्छ नि ! हटाउन न त समर्थन फिर्ता ल्याइदेउ राजीनामा आइहाल्छ नि ।’

शुक्रबार बेलुका बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ४६ बजे

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक