पाँचथरमा चौरी पर्यटन महोत्सव हुने « Khabarhub

पाँचथरमा चौरी पर्यटन महोत्सव हुने


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकामा वैशाख १ गते चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ हुने भएको छ ।

फालेलुङ गाउँपालिका–४ मा रहेको तिनसिमाना क्षेत्रमा महोत्सव आयोजना हुने भएको हो । दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था, कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावा राईले जानकारी दिए ।

परम्परागत चौरी पालनलाई व्यवस्थित र व्यावहारिक तरिकाले पालन गरि दिगो आयआर्जन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रवर्धकमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नम्बर वडाको कार्यालय रहेको छ ।

महोत्सवमा चौरी तथा याकको प्रजातिहरुको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री, तीनसिमाना क्षेत्रको मनोरम दृश्यहरुको दृश्यावलोकन, गोठ स्टेको अनुभव लिन सकिने बताइएको छ ।

महोत्सवमा छिमेकी देश भारतसहित भुटानबाटसमेत अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ । २०७४ सालदेखि आयोजना हुँदै आएको चौरी महोत्सव गएको वर्ष भने कोरोना भाइरसका कारण आयोजना हुन सकेन ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ४ : ३० बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक