मुस्ताङमा सेनाको ‘सफा हिमाल’ अभियान शुरू « Khabarhub

मुस्ताङमा सेनाको ‘सफा हिमाल’ अभियान शुरू


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम – मुस्ताङमा नेपाली सेनाले ‘सफा हिमाल’ अभियान शुरू गरेको छ । सरकारको राष्ट्रिय अभियान २०२१ अन्तर्गत प्रकृति तथा पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सफा हिमाल अभियान शुरू भएको हो ।

अभियान अन्तर्गत सगरमाथा लगायत ६ वटा हिमाल सरसफाइ गर्ने कार्यक्रम सेनाले तय गरेको मुस्ताङको जोमसोम स्थित सैनिक उच्चशिखर शिक्षालयमा आयोजित कार्यक्रममा जनाएको हो ।

सेनाले हिमाली जिल्ला मुस्ताङमा ‘सफा हिमाल’ कार्यक्रममा सेनाका ५० जना सहभागी गराउने जनाएको छ । मुस्ताङको खम्पा हेडक्वाटर कैसाङ क्याम्प क्षेत्र र जोमसोममा तालिम सञ्चालन गरेको जनाएको छ । तालिम लिइरहेका सेनाको टोलीबाट हिमाल सरसफाइ कार्यक्रम सम्बन्धी जानकारी एंव सरसफाइ/आरोहरण दौरान आइपर्ने समस्या र चुनौती बारे प्रशिक्षण गरिएको छ ।

शुक्रबार शिक्षालयको क्याम्पमा ‘हिमाल सफा’अभियानमा आउनसक्ने विपद् उद्दार सम्बन्धी नाटक (डेमो) प्रर्दशन गरियो । अभियानको नेतृत्व गर्ने सेनाको टोलीले अन्तरक्रिया तथा कार्यक्रमबारे स्थानीय जनप्रतिनिधि, प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, एक्याप र अन्य निकायलाई जानकारी गराएको छ । अभियान अन्तर्गत मुस्ताङमा खटिएको टोलीले धवलागिरि हिमाल सरसफाइ गर्ने तयारी गरेको जनाएको छ । यसका लागि सरोकारवाला निकायसँग सहयोग र समन्वय गर्न छलफल गरिएको छ ।

सरकारको ‘सफा हिमाल’ अभियान अन्तर्गत प्रदुषण रोक्ने, जलवायु परिवर्तन न्युनिकरण गर्ने हिमाली अर्थव्यवस्था अभिवृद्धि गर्न सरकारलाई सहयोग गर्ने, पर्यटन प्रर्वद्धन तथा पर्वतारोहीलाई आकर्षित गर्ने र भावी पुस्ताको लागि हिमालको संरक्षण गर्ने लक्ष्य रहेको बताइएको छ । सेनाले जिम्मा पाएको यस अभियानमा नेपालका व्यवसायीक पर्वतारोही समेतलाई समावेश गराइने भएको छ ।

अभियानलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्डले सहयोग गर्ने जनाइएको छ । अभियान मार्फत् नेपाली सेनाको स्रोत साधनको अधिकतम उपयोग गर्दै संकलित फोहोरको वर्गिकरण गर्ने, अभियानसँग समन्वय राख्ने, सरोकारवाला निकायको पहिचान र सहकार्य गर्ने र धेरै भन्दा धेरै आरोहीलाई बेसक्याम्प भन्दा माथिबाट फोहोर संकलन गर्ने लक्ष्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ३५ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट