भारतमा माओवादी र सुरक्षाकर्मीबीचको मुठभेडमा पाँच जवानको मृत्यु « Khabarhub

भारतमा माओवादी र सुरक्षाकर्मीबीचको मुठभेडमा पाँच जवानको मृत्यु


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको छत्तीसगढमा बिद्रोही माओवादीसँग भएको मुठभेडमा पाँच प्रहरी जवानको मृत्यु भएको छ । मुठभेडमा कैयौं घाइते भएका छन् ।

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड शुरू भएको हो ।

अभियानमा केन्द्रीय रिर्जव पुलिस बलको कमाण्डो, बटालियन फर रिजोलुसन एक्सन युनिट, जिल्ला रिर्जव गार्ड र स्पेशल टास्क फोर्सको जवान पनि सहभागी थिए ।

माओवादी र सुरक्षाकर्मीबीचको मुठभेड तीन घण्टासम्म चलेको समाचारमा जनाइएको छ ।

यस अघि गत २३ मार्चमा माओवादी विद्रोहीले नारायणपुर जिल्लामा सर्च अपरेसनबाट फर्कदै गरेका प्रहरी जवान सवार बसलाई लक्षित गरी बारुदी सुरूङ विष्फोट गराउँदा पाँच जवान मारिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ३१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज