राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन « Khabarhub

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् ।

नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु सुरक्षित रुपमा सङ्ग्रह गरी राखिएका छन् ।

नेपालको इतिहासबारे लेखिएका अनुसन्धानात्मक कृतिहरुमा भएका गल्तीहरूको खण्डन र शुद्धीकरण गर्ने काम संशोधन मण्डलले २००९ सालदेखि गर्दैआएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रका यस्ता बहुमूल्य निधिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने खाँचो औँल्याइन् ।

उनले भनिन्, ‘राष्ट्रको गौरवपूर्ण इतिहासलाई ओझेलमा पर्न नदिन र यसबारे भावी सन्ततिलाई जानकारी दिन संशोधन मण्डलजस्ता अन्वेषण र अनुसन्धानमा समर्पित संस्थाहरुको संस्थागत विकास हुनुपर्दछ ।’

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले प्राचीन ग्रन्थ एवं कृतिको रक्षा गर्दै संस्कृतिलाई जीवन्त राख्ने दायित्व सरकारको भएको बताउँदै संशोधन मण्डललाई कस्तो किसिमको सहयोग चाहिएको हो त्यसबारे एक ठोस कार्ययोजनासहितको प्रस्ताव दिन आग्रह गरे ।

इतिहासकार पन्तले आर्थिक स्रोत, जनशक्ति र पुस्तक सङ्ग्रह गर्ने ठाउँ पर्याप्त नभएकाले संशोधन–मण्डलका लागि तीनै कुराको विस्तार भइदिए राम्रो हुने विचार व्यक्त गरे । – रासस

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : २१ बजे

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने