प्रचण्डले माधव नेपालको उद्धार गर्न सक्दैनन् : मन्त्री ज्ञवाली « Khabarhub

प्रचण्डले माधव नेपालको उद्धार गर्न सक्दैनन् : मन्त्री ज्ञवाली


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड आफै अलपत्र परेकाले माधव कुमार नेपाललाई उद्धार गर्न नसक्ने बताएका छन् ।

एमाले नेता जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा नेकपा एमाले चितवनले शनिबार आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले प्रचण्डले उद्धार गर्छन् भन्ने भ्रममा नपर्न माधव नेपाललाई सुझाव दिए ।

‘उहाँ (प्रचण्ड) आफै कुन डुंगा सवार गरेर पारी लाग्ने हो भनेर अलपत्र हुनुहुन्छ । तपाई (माधव नेपाल)लाई उद्धार गर्दिनुहुन्छ भन्ने भ्रममा हुनुहुन्छ भने त्यो एकदमै ठूलो गलत कुरा हो’, उनले भने । प्रचण्डका लागि माओवादी पार्टीसमेत घाँडो भइसकेको भन्दै उनले प्रचण्ड आफैं अलपत्र परेको बताए ।

प्रचण्डले माधव नेपाललाई उलामाला लगाइरहेको उनले टिप्पणी गरे । आफुहरू कुनै बदला र प्रतिशोधबाट निर्देशित नभएको भन्दै उनले भने, ‘गल्तीको बाटो सच्याएर पार्टीको मूलधारमा फर्किनुस्, अन्यथा जनताले तिरस्कृत गर्ने छन् ।’

पार्टी ब्युँतिसकेपछि एमालेलाई बलियो बनाउनुको साटो पार्टीलाई विखण्डित गर्ने र कमजोर बनाउने गतिविधिमा माधव–झलनाथ समूह संलग्न भएको उनले बताए । २०५४ सालमा पनि यस्तै गरेर पार्टी विभाजन गरिएको स्मरण गर्दै उनले इतिहासबाट पाठ सिक्न माधव–झलनाथ समूहलाई आग्रह गरे ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशमा फेरि पनि निर्वाचन हुने परिस्थिती बनेको बताए । पुनःस्थापित संसदले एक महिनासम्म पनि कुनै गति दिन नसकेको भन्दै उनले भने, ‘अदालतको आदेश मानेर हामीले संसद बोलायौँ, तर कुनै गति र निकास दिने अवस्था छैन । मुलुक ढिलोचाँडो फेरि चुनावतिर जाने परिस्थिति निर्माण भएको छ ।’

प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी भएको भन्दै गएको पुष ५ गते संसद विघटन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनलाई बदर गरेर १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश दिएको थियो ।

यसैबीच, लामो समयसम्म नेकपा एमालेको माधव–झलनाथ गुटमा रहेका कृष्णभक्त पोखरेल ओली गुटमा लागेपछि पहिलो पटक जिल्ला पार्टी कार्यालय पुगेका छन् । नेकपा एमाले चितवनको निर्वाचित अध्यक्ष पोखरेल प्रतिनिधि सभाका सदस्य समेत हुन् ।

नेकपा एकता विघटन भएर एमाले व्यूँतिएपछि पोखरेल ओली समूहमा लागेका हुन् । पोखरेल शनिबार आयोजित जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा करिब ३० मिनेट जति बसेका हुन् । प्रशिक्षण कार्यक्रम पार्वती रावलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : २८ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार