आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत मिसिएपछि वर्षाको सम्भावना अझ बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू-भागका केही स्थानहरुमा  सामान्यदेखि पूर्ण बदली  र बाँकी भू-भागहरुमा  आंशिक बदली रहेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख २० गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली  र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति :  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली  र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बैशाख २१ गते (मंगलबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली  र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली  र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बैशाख २२ गते (बुधबार)

दिउँसो:    देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली  र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति :  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : २० बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह