ब्रेकअपपछि ‘ब्याटमेन’ अभिनेतासँग डेटमा जेनिफर « Khabarhub

ब्रेकअपपछि ‘ब्याटमेन’ अभिनेतासँग डेटमा जेनिफर


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–हलिउड गायिका र अभिनेत्री जेनिफर लोपेज हालका दिनमा हुनेवाला श्रीमान एलेक्स रोड्रिगेजसँग ब्रेकअपका कारण चर्चामा छिन् ।

अहिले उनको चर्चा ब्रेकअप भन्दा पनि पूर्व प्रेमी तथा ‘ब्याटमेन’ अभिनेता बेन एप्लेकसँगको निकटताले बढाएको छ । हालैमात्र उनी बेनसँग लसएञ्जल्समा देखिएकी थिइन् ।

आजतकमा प्रकाशित समाचारअनुसार जेनिफर र बेन जेनिफरको ब्रेकअपपछि लामो समयसँगै बिताइरहेका छन् । बेनलाई कैयौंपटक एक सेतो गाडीमा जेनिफरको क्यालिफोर्नियामा रहेको घरमा गएको देखिएको छ ।

जेनिफरको सुरक्षाकर्मीले बेनलाई अभिनेत्रीको घरसम्म ल्याउने गरेका छन् र केही समय सँगै बिताएपछि उनलाई पुनः आफ्नो स्थानमा पुर्याउने गरेका छन् । उनी आउने गरेको सेतो गाडी जेनिफरकै रहेको बताइएको छ ।

जेनिफर आफ्नो फिल्म ‘सटगन वेडिङ’को सुटिङपछि घर फर्किदा बेनले उनलाई तीनपटकसम्म भेटेका छन् । यी दुई कलाकार निकट स्रोतका अनुसार उनीहरुलाई आफूहरुलाई केवल मिल्ने साथीका रुपमा मात्र चित्रित गरिरहेका छन् ।

केही समय अघि जेनिफरले पूर्व प्रेमी एलेक्स रोडसँग अप्रिल २३ मा होटल बेल एयरमा भेटेको समाचार आएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : २० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको