ब्रेकअपपछि ‘ब्याटमेन’ अभिनेतासँग डेटमा जेनिफर | Khabarhub Khabarhub

ब्रेकअपपछि ‘ब्याटमेन’ अभिनेतासँग डेटमा जेनिफर


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–हलिउड गायिका र अभिनेत्री जेनिफर लोपेज हालका दिनमा हुनेवाला श्रीमान एलेक्स रोड्रिगेजसँग ब्रेकअपका कारण चर्चामा छिन् ।

अहिले उनको चर्चा ब्रेकअप भन्दा पनि पूर्व प्रेमी तथा ‘ब्याटमेन’ अभिनेता बेन एप्लेकसँगको निकटताले बढाएको छ । हालैमात्र उनी बेनसँग लसएञ्जल्समा देखिएकी थिइन् ।

आजतकमा प्रकाशित समाचारअनुसार जेनिफर र बेन जेनिफरको ब्रेकअपपछि लामो समयसँगै बिताइरहेका छन् । बेनलाई कैयौंपटक एक सेतो गाडीमा जेनिफरको क्यालिफोर्नियामा रहेको घरमा गएको देखिएको छ ।

जेनिफरको सुरक्षाकर्मीले बेनलाई अभिनेत्रीको घरसम्म ल्याउने गरेका छन् र केही समय सँगै बिताएपछि उनलाई पुनः आफ्नो स्थानमा पुर्याउने गरेका छन् । उनी आउने गरेको सेतो गाडी जेनिफरकै रहेको बताइएको छ ।

जेनिफर आफ्नो फिल्म ‘सटगन वेडिङ’को सुटिङपछि घर फर्किदा बेनले उनलाई तीनपटकसम्म भेटेका छन् । यी दुई कलाकार निकट स्रोतका अनुसार उनीहरुलाई आफूहरुलाई केवल मिल्ने साथीका रुपमा मात्र चित्रित गरिरहेका छन् ।

केही समय अघि जेनिफरले पूर्व प्रेमी एलेक्स रोडसँग अप्रिल २३ मा होटल बेल एयरमा भेटेको समाचार आएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र