जो पर्दामा रिपोर्टर बने « Khabarhub

जो पर्दामा रिपोर्टर बने


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पत्रकारलाई समाजको ऐना मानिन्छ । फिल्मले पनि समाजको वास्तविकलाई पर्दामा देखाउछ । यी दुवै विषय जनतामाझ पुग्नका लागि आ–आफ्नो माध्यम रोज्छन् ।

बलिउडमा यस्तौ कैयौं कलाकार छन्, जसले पर्दामा रिपोर्टरको भूमिका निर्वाह गरेका छन् । विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर आजतकले पर्दामा रिपोर्टरको भूमिका निर्वाह गरेका कलाकारको बारेमा एउटा समाचार तयार पारेको छ ।

सन् २००४ मा रिलिज फिल्म ‘लक्ष्य’मा अभिनेत्री प्रिती जिन्टाले एक युद्ध संवाददाताको भूमिका निर्वाह गरेकी थिइन् । ऋतिक रोशन अभिनित यो फिल्ममा प्रितीको चरित्रलाई दर्शकले सराहना गरेका थिए ।

प्रकाश झाको फिल्म ‘सत्याग्रह’मा करीना कपूरले एक राजनीतिक रिपोर्टरको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको भूमिका निकै दमदार थियो । सोशियो–पोलिटिकल थिमको यो फिल्ममा अमिताभ बच्चन, मनोज बाजपेयी, अजय देवगन र अर्जुन रामपालको पनि अभिनय थियो ।

फिल्म ‘नायक’मा अनिल कपूरले निभाएको रिपोर्टरको भूमिका कसले भुल्न सक्छ र । एक रिपोर्टर एकदिनका लागि मुख्यमन्त्री बन्न सक्यो भने उसले के मात्र गर्दैन भन्ने कथालाई फिल्मले चित्रण गरेको छ ।

फिल्म ‘रण’मा अमिताभ बच्चनले एक समाचार प्रस्तोताको भूमिका निभाएका थिए । फिल्ममा उनी वरिष्ठ पत्रकार भए पनि आफ्नो च्यानलमा भइरहेको भ्रष्टाचारका बारेमा बेखबर थिए ।

अभिनेत्री सोहा अली खानले फिल्म ‘वो बेबसी, वो चुभन’मा रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् । उनको भूमिकालाई दर्शकले निकै मनपराएका थिए ।

अभिनेता शाहरुख खानले फिल्म ‘फिर भी दिल है हिन्दुस्तानी’मा अभिनेत्री जुही चावलाका साथ न्यूज रिपोर्टरको भूमिकामा देखिएका थिए । त्यस्तै फिल्म ‘दिल से’मा शाहरुख अल इण्डिया रेडियोका लागि कार्यक्रम प्रमुख बनेका थिए ।

‘तेरे बिन लादेन’ एक व्यंग्यात्मक फिल्म थियो । यो फिल्ममा अली जफरले कराचीका एक स्थानीय टेलिभिजन रिपोर्टरको भूमिका निर्वाह गरेका थिए । यो फिल्म विश्वव्यापी रुपमा मनपराइएको थियो ।

फिल्म ‘पेज ३’को निर्देशन मधुर भण्डारकरले गरेका थिए । यो फिल्ममा कोणिकाले एक इन्टरटेनमेन्ट रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्म ‘नो वान किल्ड जेसिका’मा रानी मुखर्जी एक समाचारवाचिका भूमिकामा थिइन् । उनको भूमिका सशक्त थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : ४० बजे

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी