भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु « Khabarhub

भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको कर्नाटकमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चामाराजानगर जिल्लाको एक अस्पतालमा उपचाररत संक्रमितले अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको बीबीसी हिन्दीले जनाएको छ । यो अस्पताल मैसुर सहरदेखि ६० किलोमिटर दूरीमा पर्दछ ।

उक्त अस्पतालका चिकित्सकहरुको प्रयासका बाबजुद पनि अक्सिजन अभावका कारण स्वासप्रस्वासमा सामान्य अवस्था नआउँदा उनीहरुले ज्यान गुमाउनु परेको बताइएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका डीन जीएम सञ्जिवले राति १२ देखि २ बजेको बीचमा अक्सिजनको प्रेसर कम भएको जानकारी दिएका छन् ।

अस्पतालमा उपचाररत १२२ कोभिड बिरामीमध्ये ज्यान गुमाउने १२ जना अन्य रोगबाट पनि पीडित रहेको बताइएको छ ।

उक्त अस्पतालमा प्रत्येक ३५ मिनेटमा १० अक्सिजन सिलिन्डर आवश्यक पर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ०६ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल