झण्डै डेढ केजी सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ « Khabarhub

झण्डै डेढ केजी सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैध रुपमा ल्याइएको १४ सय ग्राम (१ केजी ४०० ग्राम) सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुल्मीका जनक खड्का, प्यूठानका यमलाल खनाल, कास्कीका राजु विक, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ रहेका छन् ।

उनीहरूले साउन्ड बक्सहरूमा सुन राखेर विभिन्न फ्लाइटहरूबाट नेपाल भित्र्याउन खोजेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू भरिया मात्र रहेको र यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : २६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक