नेपाल समूहका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण | Khabarhub Khabarhub

नेपाल समूहका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसदहरू गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरण एक हप्ता अघि नै सोधिएको र उनीहरू सबैले त्यसको जवाफसमेत पठाइसकेको तामाङले खबरहबलाई जानकारी दिए । ‘यसअघि यो निर्णय सार्वजनिक गरिएको थिएन अहिले बाहिर आउन थालेको छ ।’ उनले भने ।

तीनै जनाबाट सकारात्मक रुपमा स्पष्टीकरण आएको तामाङको भनाइ छ । ‘मैले अध्यक्षलाई त्यो जवाफ दिइसकेको छु,’ उनले भने ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको थियो । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

‘स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ,’ सांसद खातुनले भनिन् । सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको उनले जानकारी दिइन् ।

यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन । नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन ।

तर, २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाएका छन् । उक्त दिनको निर्णय हेरेर निर्णय लिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : ४३ बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने