बाँकेमा थप एक हप्ता निषेधाज्ञा « Khabarhub

बाँकेमा थप एक हप्ता निषेधाज्ञा


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेमा जारी निषेधाज्ञाको अवधि एक साता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पुर्‍याएको हो ।

यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमण देखिएपछि सुरूमा स्थानीय प्रशासन नेपालगञ्ज उप-महानगरपालिकाले वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि उपमहानगरभित्रै निषेधाज्ञा लगाएको थियो । पछि कोरोना संक्रमण बढ्न थालेपछि १३ गते रातिदेखि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

यस्तो छ प्रशासनले जारी गरेको सूचना

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : २५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले