काठमाडौँमा ३० देखि ५० प्रतिशतसम्म फोहोर घट्यो « Khabarhub

काठमाडौँमा ३० देखि ५० प्रतिशतसम्म फोहोर घट्यो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार सामान्य अवस्थामा महानगरले दैनिक २५ वटा गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्‍याउने गरेको थियो । तर निषेधाज्ञा जारी भएसँगै फोहोर उत्पादनको मात्रा घटेको छ । सोमबार महानगरले १३ वटा गाडी मात्रै ल्याण्डफिल साइट पठाएको छ ।

व्यवसायिक क्षेत्र बन्द हुँदा फोहोर उत्पादन धेरै घटेको छ भने आवासीय क्षेत्रमा केही कम घटेको उनले बताए । साथै सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।

महानगरका वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ टिप्पर फोहोर संकलन हुने गरेकोमा अहिले ६ टिप्पर मात्र संकलन हुने गरेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले बताए ।

घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै नघटेको उनले बताए । ‘मानिसहरू बसेर खाइरहेका छन्’, दाहालले भने ।

कोभिड संक्रमण भएका मानिसहरू घरमा बसेका छन् । उनीहरुले उत्पादन गरेको फोहोर कसरी व्यवस्थापन हुन्छ, भन्ने प्रश्नको उत्तरमा दाहाल भन्छन्, ‘पहिलेभन्दा अहिले अवस्था फरक छ । कुन घरमा कोभिडको संक्रमित हुनुहुन्छ । थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर बिरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ ।’

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिमाण पनि घटेको छ । पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो । अहिले पानी र हावाले ल्याएको धुलो छ । तैपनि अहिले धुलो घटेको विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ३१ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा