काठमाडौँमा ३० देखि ५० प्रतिशतसम्म फोहोर घट्यो | Khabarhub Khabarhub

काठमाडौँमा ३० देखि ५० प्रतिशतसम्म फोहोर घट्यो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार सामान्य अवस्थामा महानगरले दैनिक २५ वटा गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्‍याउने गरेको थियो । तर निषेधाज्ञा जारी भएसँगै फोहोर उत्पादनको मात्रा घटेको छ । सोमबार महानगरले १३ वटा गाडी मात्रै ल्याण्डफिल साइट पठाएको छ ।

व्यवसायिक क्षेत्र बन्द हुँदा फोहोर उत्पादन धेरै घटेको छ भने आवासीय क्षेत्रमा केही कम घटेको उनले बताए । साथै सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।

महानगरका वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ टिप्पर फोहोर संकलन हुने गरेकोमा अहिले ६ टिप्पर मात्र संकलन हुने गरेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले बताए ।

घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै नघटेको उनले बताए । ‘मानिसहरू बसेर खाइरहेका छन्’, दाहालले भने ।

कोभिड संक्रमण भएका मानिसहरू घरमा बसेका छन् । उनीहरुले उत्पादन गरेको फोहोर कसरी व्यवस्थापन हुन्छ, भन्ने प्रश्नको उत्तरमा दाहाल भन्छन्, ‘पहिलेभन्दा अहिले अवस्था फरक छ । कुन घरमा कोभिडको संक्रमित हुनुहुन्छ । थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर बिरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ ।’

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिमाण पनि घटेको छ । पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो । अहिले पानी र हावाले ल्याएको धुलो छ । तैपनि अहिले धुलो घटेको विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ३१ बजे

चार दिनदेखि ओरालो शेयर बजार, दश अर्बको कारोबार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता

दशैँ बिदाको मौका छोप्न निर्माताको होडबाजी, ६ फिल्मको साइत फूलपाती

काठमाडौं – यो वर्ष दशैँलक्षित चार फिल्म प्रदर्शनमा आए ।

मुलुक अब आत्मनिर्भरताको बाटोमा छ : प्रधानमन्त्री 

महोत्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प

विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता

काठमाडौं – गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह

कांग्रेसले भन्यो- कुलमानलाई टाउकोमै बोक्ने भए विपक्षी दलहरूको अध्यक्ष बनाउनू

काठमाडौं- नेपाली कांग्रेसले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न नेकपा