उपत्यकाका तीन सीडोओको बैठक बस्दै, निषेधाज्ञालाई थप कडाइ गरिने « Khabarhub

उपत्यकाका तीन सीडोओको बैठक बस्दै, निषेधाज्ञालाई थप कडाइ गरिने


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज साँझ बस्दै छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरूको बैठक बस्न लागेको हो ।

निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ । आज साँझ ६ बजे बैठक बस्ने जनाइएको छ ।

उपत्यकामा निषेधाज्ञा लगाइए पनि सडकमा सवारीसाधनको भीड देखिएको छ । यस्तै, सर्वसाधारण पनि अन्य लडकाउनका दिनका तुलनामा उल्लेख्य रुपमा घरबाहिर देखिएका छन् ।

प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यकबाहेक सबै सेवा र व्यापार व्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा बन्द गर्ने निर्णय गरेको थियो ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय र चिडियाखाना चलाउन पनि निषेध गरिएको छ । साथै, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा पनि बन्द गर्ने प्रशासनले निर्णय गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : ५२ बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक