थ्रिलर फ्लेभरमा कपिलको ‘कर्मा’ « Khabarhub

थ्रिलर फ्लेभरमा कपिलको ‘कर्मा’


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दन्त चिकित्सक डा. कपिल रिजालले सर्ट फिल्म ‘कर्मा’ निर्माण गरेका छन् । डा. कपिल ख्यातीप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका छोरा हुन् ।

अंग्रेजी भाषामा तयार पारिएको यो फिल्म युट्युबमा रिलिज गरिएको छ । फिल्मले जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भन्ने सन्देश दिएको छ ।

२६ वर्षदेखि लण्डनमा बस्दै आएका डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो । डा. रिजालको होम प्रोडक्सन केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित फिल्ममा उनले लण्डनमा बस्दै आएका नेपालीसँगै लण्डनका स्थानीय कलाकारहरुलाई अभिनय गराएका छन् ।

हलिउडका प्राविधिकहरुको समेत संलग्नता रहेको फिल्ममा फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक), लण्डनकी डेली एलन, सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई विक र निशान पुनको अभिनय छ ।

फिल्मको सम्पूर्ण छायांकन लण्डनमै गरिएको हो भने पोस्ट प्रोडक्सन नेपालमा गरिएको हो । सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. रिजालकै छ भने पटकथा डा. रिजाल र लुक हन्टरले तयार पारेका हुन् ।

फिल्ममा ग्रेम जोन्सको स्टोरी बोर्डिङ, भासोन ब्लुको संगीत, इअन भ्यान टिम्परलीको स्टन्ट संयोजन, फास्टस टक्लाको छायांकन, दीपेश केपी र एलेक्स टोम्लीको सम्पादन र प्लुटस स्टुडियोको भिजुअल इफेक्ट छ ।

फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता छन् । फिल्म ११ मिनेट २२ सेकेन्डको छ ।

डा. रिजालले यसअघि कोभिड १९ को विषयमा एकल कलाकार लिएर ‘गिल्ट’ नाम छोटो फिल्म बनाएका थिए । उनले २० वर्षअघि भारतमा अध्ययनका क्रममा रहँदा फरक–फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए ।

डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ३० बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली