थ्रिलर फ्लेभरमा कपिलको ‘कर्मा’ « Khabarhub

थ्रिलर फ्लेभरमा कपिलको ‘कर्मा’


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दन्त चिकित्सक डा. कपिल रिजालले सर्ट फिल्म ‘कर्मा’ निर्माण गरेका छन् । डा. कपिल ख्यातीप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका छोरा हुन् ।

अंग्रेजी भाषामा तयार पारिएको यो फिल्म युट्युबमा रिलिज गरिएको छ । फिल्मले जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भन्ने सन्देश दिएको छ ।

२६ वर्षदेखि लण्डनमा बस्दै आएका डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो । डा. रिजालको होम प्रोडक्सन केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित फिल्ममा उनले लण्डनमा बस्दै आएका नेपालीसँगै लण्डनका स्थानीय कलाकारहरुलाई अभिनय गराएका छन् ।

हलिउडका प्राविधिकहरुको समेत संलग्नता रहेको फिल्ममा फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक), लण्डनकी डेली एलन, सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई विक र निशान पुनको अभिनय छ ।

फिल्मको सम्पूर्ण छायांकन लण्डनमै गरिएको हो भने पोस्ट प्रोडक्सन नेपालमा गरिएको हो । सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. रिजालकै छ भने पटकथा डा. रिजाल र लुक हन्टरले तयार पारेका हुन् ।

फिल्ममा ग्रेम जोन्सको स्टोरी बोर्डिङ, भासोन ब्लुको संगीत, इअन भ्यान टिम्परलीको स्टन्ट संयोजन, फास्टस टक्लाको छायांकन, दीपेश केपी र एलेक्स टोम्लीको सम्पादन र प्लुटस स्टुडियोको भिजुअल इफेक्ट छ ।

फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता छन् । फिल्म ११ मिनेट २२ सेकेन्डको छ ।

डा. रिजालले यसअघि कोभिड १९ को विषयमा एकल कलाकार लिएर ‘गिल्ट’ नाम छोटो फिल्म बनाएका थिए । उनले २० वर्षअघि भारतमा अध्ययनका क्रममा रहँदा फरक–फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए ।

डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ३० बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको