कोरोना संकटमा शिक्षा क्षेत्रलाई सरकारले हेला गरेको आरोप « Khabarhub

कोरोना संकटमा शिक्षा क्षेत्रलाई सरकारले हेला गरेको आरोप


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ ।

महासंघले विगतका दिनमा शिक्षा मन्त्रालय र आफूहरुबीच भएका ३० बुँदे सम्झौता कार्यान्वयनको अभावमा अलपत्र परेको समेत ध्यानाकर्षण गराएको छ ।

सधैँ ठूलो संख्यामा बस्नुपर्ने शिक्षक, कर्मचारी र विद्यार्थीका लागि कोभिड विरुद्धको खोपका विषयलाई प्राथमिकतामा नराखेको पनि महासंघले गुनासो गरेको छ ।

ठूलो संख्यामा शिक्षक, कर्मचारी र विद्यार्थी संक्रमित हुँदासमेत सरकारले प्राथमिकतामा नराखेको, ज्यान गुमाएका शिक्षकका लागि सहयोग र क्षतिपूर्तिको कुनै व्यवस्था नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि न्यून तलबमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब अझै वृद्दि नभएको जनाउँदै महासंघले पूर्वाग्रही र अव्यवाहारिक दरबन्दी मिलानले देशभरका शिक्षकहरू पिडित भएको महासंघले दाबी गरेको छ ।

संवैधानिक राष्ट्रिय शिक्षा आयोगका व्यवस्था, संवैधानिक शिक्षा सेवा आयोगको स्थापना, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारलगायत विभिन्न माग राख्दै महासंघले ३४ बुँदे विरोध पत्र बुझाएको हो ।

यस्तो छ सरकारलाई महासंघले बुझाएको पत्र

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ४५ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति