जसपाले आफ्ना सांसदलाई काठमाडौँ बोलायो « Khabarhub

जसपाले आफ्ना सांसदलाई काठमाडौँ बोलायो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौँ बाहिर रहेका आफ्ना सांसदलाई काठमाडौँ आउन निर्देशन दिएको छ ।

२७ वैशाखका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो ।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।

त्यस्तै काठमाडौँमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ । जसपामा सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गरी बोलाइएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : १५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक