नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने « Khabarhub

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स (सिन्ह्वा)- उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् ।

अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।

सेना फिर्ता लगे पनि अफगानिस्तानमा शान्तिका लागि गर्दै आएको सहयोगका कामलाई नेटोले निरन्तरता दिने जनाएको बताइएको छ । नेटो संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले सो जानकारी दिएका हुन् ।

नेटोका रक्षा मन्त्रीहरुको भर्चुअल बैठक सकिएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव जेन्स स्टोल्टेनबर्गले सो जानकारी दिएका हुन् । सो पत्रकार सम्मेलनमा उनले नेटो देशहरुले अफगानिस्तानको सुरक्षाका लागि लामो समयदेखि नेटो राष्ट्रहरुले गरिआएको सहयोगको स्मरण गरेका थिए ।

अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा नेटोले पनि आवश्यक सहयोग गर्ने जानकारी उनले दिए ।

अफगानिस्तानको काबुलमा रहेका नेटो देशका सेनाहरु अब फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ । त्यसबमोजिम अब नेटोका देशहरुले त्यहाँबाट सेना फिर्ता गर्ने प्रक्रियाको थालनी गरिसकेका अमेरिका र नेटोआबद्ध देशहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ६ : ४० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष