पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुन सक्छ हुवाहुरीसहित वर्षा « Khabarhub

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुन सक्छ हुवाहुरीसहित वर्षा


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

सोही प्रभावले आज दिउँसो र राति प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग /हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ २० गते बिहीबार

दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ २१ गते  (शुक्रबार)

दिउँसो :  प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

जेठ २२ गते  शनिबार

दिउँसो : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : १० बजे

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका