इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित | Khabarhub Khabarhub

इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन् ।

उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति बनेका थिए ।

बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी शिक्षाविद् मिरियम परेजले ३३ मत मात्र प्राप्त गरे ।

हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए ।  सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा उनी चुनावमा लडेका थिए ।

प्रधानमन्त्री नेतन्याहुले हर्जोगलाई बधाइ दिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ४० बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल